आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन नहुने! यस कारण रोकियो

काठमाडौं, मंसिर ४ । आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ।

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण मन्त्रिपरिषद् पुनर्गठन आजलाई टरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा आज मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार मन्त्रिपरिषद पुनर्गठन भोलिमात्र हुने जानकारी दिइन्।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हेरफेर हुने मन्त्रीको संख्या र नाममा छलफल भएको थियो।

सचिवालय बैठकमा पनि सोही विषयमा छलफल भएको थियो। सचिवालय बैठकमा सहभागी एक नेताले पाँच जना मन्त्री हट्ने बताएका छन्।

बिहान अध्यक्षद्वयले छलफल गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्