उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं, मंसिर ४ । न्यायपरिषदले उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

बुधबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो।

जिल्ला अदालतका न्यायाधीश किरण कुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ,सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालत तानेको छ।

न्यायाधीश किरण कुमार पोखरेललाई विराटनगर उच्च अदालत, श्रेष्ठलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास, पाण्डेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलास, अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलास, न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास र भण्डारीलाई उच्च अदालत विराटनगरका लागि नियुक्ति सिफारिस गरिएको परिषदले जनाएको छ।

महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई उच्च अदालत जनकपुरको राजविराज इजलासको न्यायाधीश मा नियुक्ति गर्ने गरि सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्