पर्यटनमन्त्री भट्टराई मन्त्रालयका कर्मचारीसँग असन्तुष्ट: भने – काम नगर्ने कर्मचारीहरुले राजीनामा देऊ

काठमाडौं , मंसिर ४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् । नभए आफूले हटाउने भन्दै उनले अदालत नजान आग्रह गरेका छन् ।

बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए । उनले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा रहेका र सन्तोषजनक काम नगरेकालाई तत्काल वाटो खाली गर्न पनि आग्रह गरे ।

नभए आफूले हटाउने भन्दै उनले भने, ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला ।’ उनले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले कार्यालय प्रमुखहरुले प्रस्तुत गरेको कार्य प्रगती कामचलाउ मात्र भएको भन्दै ११ र १२ गतेको बैठकमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिएका छन् ।
काम नगर्ने र विवादित कर्मचारीलाई विदेश भ्रमणमा रोक समेत लगाइने उनले बैठकमा बताएका थिए।

बुधबार प्रस्तुत भएको कार्यप्रगति विवरण काम चलाउ मात्रै भएको टिप्पणी गर्दै आगमी २०७६ मंसिर १ र १२ गते बस्ने बैठकमा पुनस् प्रस्तुत गर्न निर्देशन दिए।

भ्रमण वर्ष सफल बनाउन मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने? त्यो कार्ययोजना आगमी २०७६ मंसिर ११ र १२ गते प्रस्तुत गर्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्