उत्तराखण्डका मुख्यमन्त्रीले भनेः कालापानी भारतको थियो र रहने छ,” यहाँबाट सेना पनि हट्दैन

काठमाडौं , मंसिर ३ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनि गरेसंगै यति बेला नेपालमा भारत विरुद्ध दिनहुँ विरोध प्रदर्शन भइरहेको छ ।

भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालको भुमी समेटिएपछि केहि दिन अघि प्रधानमनत्री ओलीले आफ्नो भुमी एक इन्च पनि नछोड्ने पनि बताएका थिए ।


दुई दिनअघि मात्रै उनले नेपाललाई अरुको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च पनि कसैलाई नछाड्ने दाबि गरेका थिए ।


साथै उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका थिए । तर आजमात्रै भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र रावतले नेपाली भूमि कालापानी भारतीय भूभाग भएको दाबी गरेका छन् ।

उत्तराखण्डको राजधानी देहरादुनस्थित गान्धी पार्कमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री रावतले सञ्चारकर्मीसँगको कुराकानीमा कालापानी भारतको भएको दाबी गरेका हुन् ।


“कालापानी भारतको थियो र रहने छ,” उनले भने । मुख्यमन्त्री रावतले नेपालले कालापानी आप्mनो भूमि भन्नु दुर्भाग्यपूर्ण भएको बताए । “नेपाल भारतको मित्र राष्ट्र हो । दुबै देशको संस्कृति समान छ । वार्ताका माध्यमबाट यसको समाधान गरिने छ ।”

उनले कालापानीबाट भारतीय सेना नहट्ने अडान लिएका छन् । सिंहले नेपाल भारत मित्र राष्ट्र भएको हुनाले दुई देशबीच छलफलको मध्यमबाट समस्याको समाधान गर्ने समेत् बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्