सिद्धबाबा सुरुङमार्ग बनाउन अर्थले दियो १० अर्ब
काठमाडौं, मंसिर ३ । बुटवल–पाल्पा सडकखण्डको बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निमार्णको काम अघि बढ्ने भएको छ।
यसका लागि अर्थमन्त्रालयले उक्त सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड नबढ्ने गरी बहुवर्षिय ठेक्का दिन सहमति भएको हो।
आइतबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको अर्थ मन्त्रालय बजेट महाशाखाले जानकारी दिएको छ।सुरुङमार्ग डिजाइन र विल्ड मोडालिटीमा निमार्ण हुने भएको छ।
सुरुङमार्ग निर्माणका लागी योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्ड, २०७६ अनुसार डिजाइन, निमार्ण तथा सञ्चालन र मर्मतको लागि प्रविधिक सेवा समेतका लागि मध्यकालीन खर्च संरचनामा समावेश गरी बजेट विनियोजन गरेको हो।






















प्रतिक्रिया दिनुहोस्