बुद्ध जन्मभूमि नेपाल हाम्रो मन–मुटुमा छ: श्रीलंकाली राष्ट्रपति

काठमाडौं, मंसिर ३। श्रीलंकाली नवनिर्वा्चित राष्ट्रपति गोतावय राजापाक्षले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मनमुटुमा विशेष स्थान रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वा्चित भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उनले यस्तो बताएका हुन् ।

‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयत्न गर्नेछु र छिटै भेट्ने अवसरको प्रतिक्षामा हुनेछु,’ उनले भनेका छन् ।

उनलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू उनीसँग घनिष्ठरुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ पार्न चाहेको बताएका थिए ।

गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्