काठमाडौंको न्यू प्लाजा नजिकै पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु

काठमाडौं । काठमाडौंको न्यू प्लाजा नजिकै शुक्रबार पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टाउको बाहिर निकालेर पार्किङस्थलबाट टेम्पो सडकमा निकाल्ने क्रममा पोलमा घाँटी च्यापिएर चालकको मृत्यु भएको हो ।

सामाखुशी बस्दै आएकी झापा महारानीझोडा गाउँपालिका–८ की ४३ वर्षीया तुलसा थापाको मृत्यु भएको हो । बिहान सवा ६ बजे टाउको बाहिर निकालेर टेम्पो ब्याक गरी सडकमा निकाल्ने क्रममा पार्किङ स्थलमा रहेको फलामको पोलमा तुलसाको घाँटी च्यापिएको थियो ।

उनको उपचारको क्रममा पौने ७ बजे राष्ट्रीय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी वृत सिंहदरबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्