मन्त्री हेरफेरमा बैठक केन्द्रीत

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुनर्गठन बारे गृहकार्य थालेका छन् । उनले सबै मन्त्रीलाई फेर्न लागेको नभई राम्रो ‘परफरमेन्स’नभएका मन्त्रीहरुलाई हटाउन लागेको बताएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

आइतबार साँझ बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकमा पनि केही दिनमा मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी बारेमा व्यापक छलफल भएको थियो ।
‘साह्रै कमजोर परफरमेन्स भएकालाई फेर्नैपर्ने भएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बैठकमा सहभागिी एक सदस्यले बताए ।
मन्त्रीमण्डल पुनर्गठनबारे केही दिनदेखि शीर्ष तहमा छलफल गरे पनि अहिलेसम्म टुंगो नलागेको प्रधानमन्त्री निकट स्रोतले बतायो । ‘छलफल अझै नसकिएकाले भोलीनै मन्त्रीमण्डलमा फेरबदल हुने टुंगो छैन,’ उनले भने, ‘सोमबार दिउँसो प्रचण्डसँग छलफल गरेपछि मात्र अन्तिम टुंगो लाग्छ ।

सचिवालयको बैठक सकिएपछि आइतबार साँझ प्रधानमन्त्री ओलीले आफू निकटहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठनबारे प्रचण्ड र आफूनिकट नेताहरूसँग छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्