देशको सीमा मिचिँदा समेत दुई तिहाइको सरकार किन मौन ?, सभापति देउवा

काठमाडौं, कात्तिक ३० । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले देशको सीमा मिचिँदा समेत दुई तिहाइको सरकार मौन रहेको बताएका छन् ।


नेपाल प्रेस युनियन कन्चनपुर शाखाले शनिबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।


अतिक्रमीत भुमी फिर्ता गर्न सरकारले पहल गर्नुमा उल्टै मौन रेहको आरोप लगाए । अतिक्रमीत भुमी फिर्ता गर्न सरकारले पहल गर्नु पर्ने उनको भनाइ रहेको थियो ।


महाकाली नदीको उद्गम स्थल भन्दा पश्चिमी भुभाग नेपालको रहेको सभापति देउवाले बताए । उनले कालापानी क्षेत्र नेपालको रहेको बताउदै सो नाका त्रिदेशिय नाका रहेको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्