नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं , कत्तिक २९ । बहुविवाद सम्बन्धी मुद्दामा खेपेकी नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।


जिल्ला अदालत, काठमाडौंमा शुक्रबार हाजिर भएकी पोखरेललाई बहुविवाह सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।


न्यायाधीश मुकेश उपाध्यायको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले बताए । हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी गरिएको थियो ।


तर, पूर्जी्विरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् । यता उनका श्रीमान तथा निर्माता छवीराज ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

पोखरेल र निर्माता ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिन पुगेको थियो । वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए ।

शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी थिइन् ।

अब भने छवी र शिल्पाको बिवाहाको विषयले कस्तो मोड लेला भन्ने उनका दर्शमा कौल्तुहल भने कायमै रहेको छ । शिल्पा विरुद्ध उजुरी परेपछि उनी केहि समयका लागि हराएकी पनि थिएन , आज भने सुटुक्क अदालतमा उनी हाजिर भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्