आलमको थुनछेक बहस सकियो, फैसला आजै
काठमाडौं, कात्तिक २९ । राजपुर बमकाण्डका अभियुक्त अफताव आलमको थुनछेक बसह सकिएको छ । यो संगै उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी अथवा सधारण तारेखमा रिहा गर्ने भन्ने आदेश शुक्रबार आउने भएको छ ।
प्रतिवादीको तर्फबाट जारी रहेको बहस सम्पन्न भएकोले केही घण्टाभित्रै आदेश आउने अधिवक्ता अजय पटेलले जानकारी दिए । मुद्दामा प्रतिवादी रहेका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री आलमको तर्फबाट बहस गर्ने अधिवक्ताहरुको सूची लामो भएकाले आदेश आउन ढिलाइ भएको हो । प्रतिवादीको तर्फबाट शुक्रबारसम्म २८ जना अधिवक्ताले बहस गरेको अदालत स्रोतले जनाएको छ ।
शुक्रबार बिहान साढे १० बजेदेखि सुरू भएको प्रतिवादीतर्फको बहस साढे १२ बजेसम्म सक्न अदालतले निर्देशन दिए पनि करिब दुई बजेमात्रै बहस सकिएको थियो ।
लगत्तै जाहेरवालाको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले प्रतिवादीको तर्फबाट भएको बहसलाई खण्डन गरेका थिए । अहिले फैसला लेख्न सुरू भएको अदालतका एक कर्मचारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्