‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…’ भन्दै निकालीयो खोटाङमा विरोध र्‍याली

काठमाडौं, कात्तिक २९ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेसंगै त्यसको विरोध स्वरुप नेपालमा दिनहँ जसो विरोध प्रदर्शन भइरहेको छ ।

विहान मात्रै काठमाडौंमा दरुणदलले विरोध प्रर्दशन गरेको छ । यस विषयमा नेपाली सरकार मौन रहेको भन्दै उनीहरुले विरोध गरेका ह्न् । यता नेपाली भूमी अतिक्रणको विरोधमा खोटाङका शिक्षकले विरोध र्‍याली निकालेको छ।


भारतले हेपाहा दृष्टिकासाथ नेपाली भूमीलाई आफ्नो नक्साभित्र समाबेस गरेको विरोधमा नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुक्रबार दिक्तेलमा विरोध र्‍याली निकालेको हो।

‘नेपाली भूमी अतिक्रमणको विरोध गरौं, राष्ट्रिय स्वाभिमान र अखण्डताका लागि एक जुट होऔं’ नारा लेखिएको कालो व्यानर सहित दिक्तेलको रत्नपार्कबाट सुरु भएको शिक्षकरशिक्षिकाको विरोध (यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो।


भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमानामा अतिक्रमण गरेको बिरोधमा (याली निकालिएको शिक्षक संगठनले बताएका छन्।

अतिक्रमणमा परेका नेपाली भूमी फिर्ताको माग गर्दै सत्तारुढ दल निकट दुई शिक्षक संगठनले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, देशले रगत मागे, गाउँछ गीत नेपाली, जाग चम्क लम्क हे’ लगायतका देशभक्ती भावका स्वदेश गान घन्काएर विरोध र्‍याली निकालेका हुन्।


यसैगरि नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले अतिक्रमित नेपाली भूमी फिर्ता गर्नका लागि कुटनैतिक तथा कानूनी प्रकृया अगाडि बढाउन नेपाल सरकार समक्ष माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्