पक्राउ परेका उद्योगी रुप ज्योतिविरुद्ध मुद्दा नचलाइने, केहि बेरमै रिहा हुँदै

काठमाडौं, कात्तिक २९ । ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योतीविरुद्ध मुद्दा नचलाइने जिल्ला सरकारी वकीलको कार्यालयले निर्णय गरेको छ ।

प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन पेश गरेको भए पनि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।

ठगीमा परेको भनिएका पीडितले आफुले पाउनुपर्ने रकम पाइसकेको निवेदन दिएकाले मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए ।

उद्योगी ज्योतीलाई रिहा गर्न प्रहरीलाई पत्राचार गरिसकेको जानकारी पनि उनले दिए ।

यही कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्