तिलोत्तमामा १५ शैयाको अस्पताल बन्दै

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पतालका रुपमा स्तरोन्नति हुने भएको छ ।


स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नम्बर ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् ।

स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाएका छन् ।

पौडेलले आज स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे ।

‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ, तपाईँहरु ढुक्क हुनुस्’–पौडेलले भने –‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पु¥याउँछु ।’

सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब शुरु हुने र तिनाउ दानव कोरिडोर सडक पनि बन्ने क्रममा रहेको बताए ।


तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताए ।


स्वास्थ्य चौकीको १० कठ््ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्