गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एक वर्षभित्र संचालनमा आउँछः मन्त्री भट्टराई

काठमाडौँ , कात्तिक २८ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एक वर्षभित्र संचालनमा आउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणाधीन विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन् ।

तर उनले गरेको घोषणा पुरा ह्ुन्छ या हुँदैन त्यो समयले बताउने छ । यदि पुरा भयो भने संचालनमा आउँन सक्छ ।


बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भइरहेको दाबि गरे ।

साथै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको स्पष्ट पारे ।

विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दियो भने नेपाल भ्रमण वर्षलाई पनि फाइदा हुने उनले बताए । यसरी विदेशी पर्यटक पनि सहजै तरिकाले नेपाल आउन सक्ने उनले बताए । विदेशी पर्यटक नेपाल आएमा आर्थिक उत्पादनमा पनि टेवा पुगाउने उनको भनाइ रहेको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाइ छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको उनले बताए । सुधारको कामलाई तिव्रता दिएकाले विकास निमार्णले गतिलेमा आफु विश्वश्त रहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्