बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण एक महिलाले गुमाईन ज्यान

काठमाडौं, कात्तिक २८ । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ ।

अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् ।बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचारले लेखेको छ ।


३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए ।


त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवाद समेत भएको जनाइएको छ । उनीहरू यसै विषयमा विवाद भएर प्रहरीसम्म पनि पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्