बङ्गलादेशका राष्ट्रपति हमिदद्वारा फेवातालमा जलविहार (फोटोसहित )

काठमाडौं, कात्तिक २८ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्।

पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुग्नु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद बिहीबार पोखरा आएका हुन् ।


काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आएका थिए ।

यो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरेका हुन् ।

यही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पण गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटल पुग्नुभएको छ । उनी आज चार बजे काठमाडौं फर्कने छन्।

प्रतिक्रिया दिनुहोस्