मध्यान्ह सम्ममा ३५ प्रतिशत मतदान: निर्वाचन आयोग

काठमाडौ । २ नं. प्रदेशमा भइरहेको स्थानीय तहको तेस्रो चरणको चुनावमा मध्यान्हसम्म ३५प्रतिशत मत खसेको जानकारी गराएको छ ।
आठ जिल्ला रहेको २ नं. प्रदेशमा १३६ वटा स्थानीय तह छन् जसमा आज मतदान भईरहेको छ । अहिले जारी मतदानमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अहिले सबै मतदान केन्द्रहरुमा मतदाताहरू लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनक ढंगवाट मतदान कार्यमा सहभागी भइरहेको आयोगले जनाएको छ ।
मतदान कार्य साँझ ५ बजेसम्म जारी रहने छ । यो प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह छन् आज भएको यस निर्वाचनबाट सबै क्षत्रमा गरि ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्