कर्मचारी सरुवामा अब चक्रीय प्रणाली

काठमाडौँ, कात्तिक २७ । बुधबारको समिति बैठकले कर्मचारीहरुको सरुवा चक्रीय प्रणालीअनुसार हुने व्यवस्थामा सहमति जुटाएको छ।

अहिले जस्तो को कर्मचारी सरुवा भएर कहाँ जान्छ भन्ने अवस्थाको अन्त्यका लागि समितिले कार्यालयलाई ‘क’ ‘ख’ ‘ग’ ‘घ’ चार वर्गमा विभाजन गरी पारदर्शी रुपमा ढंगले सरुवा हुने सहमति जुटाएको हो।

पारिवारिक व्यवस्थापन र योजना बनाउन कर्मचारीलाई सहज होस् भनी कर्मचारीलाई बहला रहेको ठाउँबाट सरुवा भएर कहाँ जान्छु भन्ने पहिल्यै थाहा हुने प्रावधानमा सहमति जुटेको सभापति शशी श्रेष्ठले जानकारी दिइन्।


यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्र्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको बताएका छन्।

मन्त्री पण्डितले प्रमोशनका लागि नम्बर नपुग्दा दुर्गम क्षेत्रमा जान चाहने कर्मचारीहरुको नियत सही नभएको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा निगरानी राख्न सरकार प्रतिवद्ध रहेको बताए। समितिमा संघीय निजामति विधेयकबारे छलफल भइरहेको छ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथिको छलफलमा भाग लिदै उनले सुगम क्षेत्रमा बस्न मरिहत्ते गर्ने कर्मचारीलाई सरकारले प्रमोशन नगर्ने कानुनी व्यवस्था गर्न लागेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्