अब गाडीमा यात्रु उभ्याउन नपाइने, ल्याउँदै छ सरकारले यस्तो नियम

काठमाडौं, कात्तिक २७ । अब गागीमा यात्रु उभ्याउन नपाइने भएको छ । यसका लागि सरकारले साना तथा लामो दुरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन बन्देज गर्ने तयारी थालेको छ ।


यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाालका अनुसार यो कुरा यातायात व्यवस्था ऐनमा पहिल्यै व्यवस्था भएको र त्यसलाई कार्यान्वयनमा मात्र ल्याउन लागेको हो ।


हमालले भने ‘माइक्रो, तिनपांग्रे र लामो दुरीको सवारी साधनमा यात्रुलाई उभ्याउनै पाइँदैन। यो विषयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायसगँ छलफल गरेर सूचना जारी गर्छौ। त्यसको १०र१५ दिन जनचेतनामूलक कार्यक्रम गरेर मात्र अटेरी गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ,’

यस्तै शहरमा गुड्ने ठुला सार्वजनिक यातायातमा भने त्यो नियम लागु भने नहुने भएको छ ।

‘अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भनेपनि बृद्ध र अपांग बाहेक सिटी बसमा उभिएरै यात्रा गर्ने चलन छ। हामी कति सिट भएको बसमा कति जनासम्म उभिन मिल्छ भनेर अध्यन गरेर सिटी बसमा पनि यात्रु संख्या निर्धारण गर्छौ,’ हमालले भने।

सरकारले यस्ता काम गर्दा सरोकारवाला निकायसगँ छलफल गरेर, त्यसमा आउन सक्ने समस्याको समाधान खोजेपछि मात्र निणर्य गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए ।


‘जाम नहुँदा ६र७ टिप गर्न सक्ने गाडीले जाम हुँदा ३र४ टिप मात्र गर्न सक्छ। गाडीको खर्च उठाउन पनि व्यवसायीले यात्रु कोच्न बाध्य भएका हुन्,’ उनले भने ‘यदी भौतिक संरचना राम्रो हुने हो भने यो नियमले हामीलाई केही फरक पार्दैन तर समस्याको समाधान नगरी नियम लागु गर्ने हो भने समस्या झन बढ्न सक्छ।’

जाम हटाउने सन्दर्भमा सम्बन्धित निकायसगँ छलफल भइरहेको र केही स्थानका काम समेत सुरु भइसकेको हमालले जनाकारी दिए ।


यसरी बसैमा यात्रु उभिएर जानु पर्ने अवस्थाको भने अन्त्य हुने भएको छ । यद यो नियम लागु भएमा नत्र भने बसवालले पनि आफ्नो मनोमानी गर्दा यात्रा गर्ने यात्रुलाई टाढाको यात्रामा पनि उभिएर जानु पर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्