भारतीय नागरिकले गरे रौतहटको प्रहरी कार्यालयमा सुतली बम प्रहार, एक प्रहरी घाइते

काठमाडौं, कात्तिक २६ । भारतीय सिमानासँग जोडिएको रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ ।


भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए ।


भारतीय नम्बर प्लेटको मोटरसाइलमा चढेर आएका उनीहरुले प्रहरी कार्यालयमै बम प्रहार गर्दा कार्यलयमा रहेका एकजना प्रहरी जवान घाइते भएका छन् ।

उनको नाम खुल्न सकेको छैन । बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा स्थानीय बासिन्दाले उनीहरुलाई नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका उनीहरुहरुलाई प्रहरीको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले घटनाको पुष्टी गर्दै विस्तृत जानकारी आउन बाँकी रहेको बताएका छन् । बम पड्काउने दुबै भारतीय नागरिक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्