सीमा अतिक्रमणविरुद्ध ‘विप्लव’ समूह सडकमा, धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता
काठमाडौं, कात्तिक २६ । सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ ।
भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउसमेत गर्न थालेको छ । अस्ती मात्रै प्रदर्शन गरिरहेका विप्लवका २० जना भन्दा बढि कार्यकर्तालाई प्रहरीले माइतीघरबाट समातेको सथियो ।
प्रतिक्रिया दिनुहोस्