प्रधानमन्त्री ओली र प्रचण्डबीच वान टु वान वार्ता , मंगलबार सचिवालय बैठक

काठमाडौँ, कात्तिक २४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।

आइतबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वान टु वान वार्तापछि मंगलबार सचिवालय बैठक बोलाउने समय तय गरिएको हो ।


सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै दुई अध्यक्षबीचको आइतबारको छलफलमा केही नियुक्तिका बारेमा समेत कुराकानी भएको बुझिएको छ ।
पार्टी एकता अन्र्तगत अनुशासन आयोग, निर्वाचन आयोग ,लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्