नेप्सेमा सामान्य गिरावट, सबैभन्दा धेरै एनएमबी बैंकको कारोबार

काठमाडौं, कात्तिक २४ । साताको पहिलो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सातामा कारोबारको पहिलो दिन सामान्य अंकको गिरावट देखिएको हो ।


नेप्से परिसूचक शुन्य दशमलव १८ अंकले घटेर १ हजार १ सय ३१ दशमलव ८० अंकमा कायम भएको नेप्सेले जनाएको छ।


आइतबार सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ६९ अंकले बढेर २ सय ४९ दशलमव ०१ अंक कायम भएको छ।

१ सय ६३ वटा कम्पनीको १० लाख ८ हजार कित्ता सेयर ५ हजार १ सय ५५ पटक खरिदबिक्री हुँदा २९ करोड ३१ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, जिवन बीमा कम्पनी र म्युचुअल फण्ड समुहको उपसुचक घटेको छ भने बाँकी समुहको उपसुचक बढेको छ।

आइतबार सबैभन्दा धेरै एनएमबी बैंकको सबैभन्दा धेरै ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

उच्च कारोबार भएका अन्य कम्पनीहरुमा प्रभु बैंक लिमिटेडको २ करोड ७५ लाख ४७ हजार, नेपाल बैंक लिमिटेडको २ करोड ११ लाख १४ हजार, माछापुच्छ्रे बैंक लिमिटेडको १ करोड १३ लाख ५५ हजार र एनआइसी एसिया बैंकको १ करोड ७ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सबैभन्दा बढी कमाउनेमा सपोर्ट माईक्रोफाइनान्स वित्तीय सस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा रैराङ जलविद्युत विकास कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव ८० दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्