राष्ट्रियसभा निर्वाचनः अधिकृतको कार्यलयले काम थाल्दै

काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यलयले भोलीदेखि आफ्नो काम सुरु गर्ने भएको छ ।

सरकारले आगामी माघ २४ गते निर्वाचनको मिति तय गरेपछि आयोग निर्वाचनको कार्यमा जुटेको छ । आयोगका प्रवक्ता नवराज ढकालले भोली देखि निर्वाचन अधिकृतको कार्यलयले काम सुरु गर्ने जानकारी दिए ।

आयोगले सम्बन्धित प्रदेशमा उच्च अदालत रहेको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आगामी माघ ७ गतेबाट लागु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले माघ १० गते मनोनयन दर्ता र माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ

प्रतिक्रिया दिनुहोस्