भारतीय नक्साको विरोधमा विभिन्न ठाउँमा विरोध सहित प्रदर्शन, वीरगञ्जमा मोदीको तस्वीर जलाईयो

काठमाडौं, कात्तिक २४ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्यो र त्यसमा नेपली भुमी पर्यो । यस पछि नेपालका विभिन्न ठाउँमा अहिले भारतविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।

आज मात्रै राजधानिका सडकमा पनि विभिन्न विद्यार्थी संगठन तथा विप्लवका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । यसैबीच भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै उता वीरगञ्जमा एक समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएको छ ।

वीरगञ्जको भारतीय महावाणिज्य दूतावास अगाडि देश बनाउ संघर्ष समितिको नाममा भएको प्रदर्शनमा मोदीको तस्वीर जलाइएको हो ।यो समूहले घण्टाघरदेखि महावाणिज्यदूतावाससम्म प्रदर्शन गर्दै मोदीको तस्वीर जलाएको हो ।

भारतीय नक्साकै विरोधमा वीरगञ्जमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले पनि प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्