छोरीसहित व्यापारी रूप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश
काठमाडौं, कात्तिक २४ । छोरीसहित व्यापारी रूप ज्योतिलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंले छोरी सुरुचिसहित रुप ज्योतिलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो।
हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचिलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएसंगै अब छोरीसहित उनी थुनामै रहने छन्
यसअघि जिल्ला अदालत काठमाडौंले रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको थियो। सो म्याद शनिबार सकिएपछि उनीहरुलाई थप आइतबार दोस्रो पटक म्याद थपका लागि अदालत र्पुयाइएको थियो।
महानगरीय प्रहरी परिसरको टोलीले ज्योति बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। केहि दिन देखि उनको अनुसन्धान जारी नै रहेको छ ।















प्रतिक्रिया दिनुहोस्