अन्जु पन्तको स्वर तथा सन्तोस केसीको संगीत रहेको गीत ’तिम्रो कसम’ (सार्वजनिक भिडियोसहित)

काठमाडौं , कात्तिक २४ ।लोकप्रिय गायक तथा संगीतकार सन्तोस केसिको संगीत रहेको नयाँ गीत ’तिम्रो कसम’ सार्वजनिक भएको छ ।

तिम्रो कसम बोलको गीत आजमात्रै सार्वजनिक भएको हो । गीतमा सुमधुर स्वरकी धनि अन्जु पन्त र समशेर राना रुम्बाको स्वर रहेको छ । भने प्रकाश धितालको शब्द रहेको छ ।

गीतमा शिल्पा पोखरेल र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन तथा निर्देशन क्रान्ति केसीले गरेका हुन् ।

आफुले एउटा फरक किसिमको आधुनिक गीत बजारमा ल्याएको र सबैले माया गरि दिन संगीतकार केसीले अनुरोध समेत गरेका छन् । उनका संगीत रहेका हरेक गीतले चर्चा कमाउँदै आएका छन् ।

यो गीत पनि त्यतिकै मिठो बनेर बजारमा आएको छ । गीतका शब्द पनि त्यतिकै राम्रा र उत्कृष्ट रहेका छन् । अनि गीतको भिडियोमा पनि मोडलहरुको दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्