सुदुरपश्चिम प्रदेशका उद्योगमन्त्री रावलद्वारा पदबाट राजीनामा
काठमाडौं, कात्तिक २४ । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।
उनले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामाको पत्र दिएका हुन् । पौने १६ करोड कीर्ते अभियोग ठगी तथा किर्ते गरेको अभियोगमा उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरिरहेको छ ।
आफूलाई लागेको आरोप झुटो रहेको दावी गर्दै उनले छानबिनमा सहयोग गर्नका लागि राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वा्चित नेकपा सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्