सीमा अतिक्रमण विरुद्ध कोटेश्वरमा नेविसंघको प्रर्दशन, नक्सा सच्चाउन माग

काठमाडौं, कात्तिक २३ । काठमाडौंको कोटेश्वारमा नेविसंघले प्रदर्शन गरेको छ । नेपाली भूभाग भारतले आफ्नो नक्सामा समावेश गरेको विरोधमा कांग्रेस निकट विद्यार्थी संघले आज विरोध प्रर्दशन गरेको हो ।


आईतबार बिहान नेपाल विद्यार्थि संघले कोटेश्वरमा विरोध प्रर्दशन गर्दै ‘कालापानी र लिपुलेक नेपालका अभिन्न अंग हुन् भन्दै नारा लगाएका थिए । नेविसंघका पूर्व अध्यक्ष नवराज त्रिपाठीले भारतीय पक्षको दादागिरीका विरुद्धमा प्रर्दशन जारी रहने बताएका छन् ।


संघका कार्यकर्ताले सिमाना अतिक्रमण तत्काल रोक्न माग गरेका थिए। साथै,उनीहरुले भारतले प्रकाशन गरेको नयाँ नक्सा सच्चाउन माग गरेका छन्। सिमा अतिक्रमणका गतिबिधि नरोकिए अर्को चरणको आन्दोलन गर्ने संघले चेतावनी दिइएको थियो ।

यसैबीच भारतको नयाँ नक्सा सार्वजनिक भएसैगै नेपालका यसको विरोध स्वरुप दिनानुदिन प्रदर्शन भइरहेको छ । कालापानी र लिपुलेक नेपालको हो भन्दै विभिन्न विद्यार्थी आवद्ध संगठनले प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्