सुदूरपश्चिममा लगानी भित्र्याउन मंसिर २० मा वित्तीय सम्मेलन गरिने
काठमाडौं, कात्तिक २३ । सुदूरपश्चिममा लगानी भित्र्याउन मंसिर २० मा वित्तीय सम्मेलन गरिने भएको छ । प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मंसिर २० गते वित्तीय सम्मेलन गरिने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा वित्तीय सम्मेलन गर्ने निर्णय गरेको गरिएको हो । प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको हो ।
यस योजनाले लगानीमा केहि सहयोग पुग्ने अपेक्षा पनि लिएको छ । सुदुरपश्चिममा भनेजति लगानी भने आउन सकेको छैन । स्वदेशी तथा विदेशी लगानी भित्याउन पनि यस्ता सम्मेलन गर्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्