निःशुल्क आँखा शल्यक्रिया शिविर, ३४ जनाको उपचारमा सहयोग

काठमाडौं, कात्तिक २३ । युवा नेत्र सेवा संघले आफ्नो स्थापनाको २३औं वर्षको अवसरमा आँखाका बिरामीहरुको निःशुल्क उपचार गरेको छ ।

शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रममा संघले ३४ जना मोतियाविन्दुका बिरामीहरुको उपचारमा सहयोग र्पुयाएको जनाएको हो ।

संस्थाले अहिलेसम्म ५३ हजारभन्दा बढीको आँखा जाँच, १३ सय बढीको निःशुल्क मोतियाविन्दु शल्यक्रिया गराएको संस्थाका अध्यक्ष सिद्धार्थ रञ्जितले जानकारी दिए ।

वरिष्ठ गायक प्रेमध्वज प्रधानले समाजसेवामा सक्रिय हुनेहरुलाई निरन्तर सेवामा लागिरहन आग्रह गरे ।

संस्थाले ‘एक कप चिया’ नामक अभियानबाट संकलित रकमबाट विभिन्न स्थानमा आँखा शिविर सन्चालन गर्दै आएको छ । यस्ता आखाँ शिविरको शल्यक्रियाबाट धेरैको उपचारमा सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्