अनशन सुरु गरेका डाक्टर केसी अस्पताल भर्ना
काठमाडौं, कात्तिक २३ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गरिएको छ ।
सोमबारदेखि डडेलधुरामा १७औँ चरणको अनशन सुरु गर्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलार्ई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डाक्टर केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँको सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले बताए ।
प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको डाक्टर कँडेलले जानकारी दिए ।
चिसोका कारण डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको उहाँका भाइ किशोरले बताए । डाक्ट केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डाक्टर केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्