नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न सहमति भइसक्यो : ऊर्जामन्त्री पुन
काठमाडौं, कात्तिक २२ । ऊर्जा मन्त्री वर्षमान पुनले नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न भारत सरकारसँग सहमति भइसकेको बताएका छन् ।
प्रेस संगठन नेपाल दाङले शुक्रबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । भारतीय बजारमा नेपालमा उत्पादित विद्युतको व्यापार गरिने उनले बताए ।
नेपालमा खपत भएर बचेको विद्युत भारत र बंगलादेशसम्म लगेर बेच्ने योजनामा सरकारले गृहकार्य गरेको र त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर प्रक्रिया अघि बढाउने उनले बताए ।
विदेशी लगानी नेपालको विद्युत उत्पादनमा ल्याउने गरी सरकारले ७ हजार मेघावाट विद्युत उत्पादनको लाइसेन्स दिएको र तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र आगामी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले काम गरिरहेको उनले बताए ।
बर्तमान सरकारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्ति नै गरेको दाबी गर्दै ऊर्जा मन्त्री पुनले आगामी वर्ष १ हजार मेघावाट विद्युत केन्द्रीय विद्युत लाइनमा जडान गरिने बताउनुभयो ।
अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने दाबी उनको छ । दाङसहितका जिल्लाहरुलाई पूर्ण विद्युतीकरणका जिल्ला बनाउने गरी अहिले काम भइरहेको जनाकारी दिए ।
यसैगरी दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पू¥याउनका लागि सकारले माडी डाइभर्सनको योजना ल्याएको मन्त्री पुनले बताए ।
माडी डाइभर्सनका लागि गएको वर्षदेखि काम अघि बढेको भन्दै उहाँले २६ किलोमिटर सुरुङ बनाएर माडीमा १५६ मेघावाट विद्युत पनि निकाल्ने र माडीको पानी दाङमा ल्याउने गरी अध्ययन भइरहेको जानकारी दिए ।
माडीको पानी दाङमा ल्याएपछि दाङमा सिँचाइसहित शहरीकणका गराउने काम भइरहेको उनको भनाइ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्