स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो समायोजन सूचि

काठमाडौं, कात्तिक २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत परेका स्वास्थ्यकर्मीहरुको समायोजन सूचि सार्वजनिक गरेको छ ।

लामो समयदेखि समायोजनको झमेला झेल्दै आएको स्वास्थ्य मन्त्रालयले आज संघ अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको हो ।

सिनियर अहेव अधिकृत, स्टाफ नर्स र जनस्वास्थ्य निरीक्षकको समायोजन सूचि सार्वजनिक गरिएको छ ।

सिनियर अहेव अधिकृत १३२, स्टाफ नर्समा ७८६ र जनस्वास्थ्य निरीक्षक ३४ जनाको सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले समायोजनको काम समयमा नटुङ्ग्याउँदा देशभरका स्वास्थ्य सेवामा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्