सीमाबारे भारतसँग सरकारले तत्कालै वार्ता गर्नुपर्योः नेता खनाल

काठमाडौं , कात्तिक २१ । पूर्वप्रधानमन्त्री समेत रेहेका नेता झलनाथ खनालले सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गरेका छन् ।

खनालले बिहीबार विज्ञप्ति जारी गर्दै भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारेको बताए ।

उनले भनेका छन्, ‘यसबारे ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न, भारत सरकारसँग अविलम्व वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न न नेपाल सरकारसँग जोडदार आग्रह गर्छु ।’

‘नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ । त्यो सीमानालाई चलाउने अधिकार कसैलाई छैन’ उनले भनेका छन् ।


नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी भएको भन्दै खनालले त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपालको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्