वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सव सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौं,कात्तिक २१ । वीरगन्जमा आजबाट नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ सुरु भएको छ । ‘तराई पहाड हिमालको उत्सव’ नारा सहित महोत्सव सुरु भएको हो । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच उद्घाटन गरेकी छिन् ।
महोत्सव कात्तिक २१, २२ र २३ गतेसम्म चल्नेछ ।

वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आयोजित महोत्सवको आज पहिले दिन बिहान घण्टाघर चोकदेखि महोत्सव स्थल रङ्गशाला चोकसम्म प्रभातफेरी समेत गरिएको थियो ।

सो अवसरमा नीर शाह, भुवन केसी, झरना थापा, दीपकराज गिरी, दिपाश्री निरौला निरुता सिंह, वर्षा शिवाकोटी, सरोज खनाल, बसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा कलाकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा लगायत दर्जन बढी नेपाली कलाकार तथा बलिउड अभिनेता गोविदाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्