१५ प्रतिशत विद्युत् महशुल वृद्धि गर्ने प्राधिकरणको प्रस्ताव

काठमाडौं, कात्तिक २१ । नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ ।

प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्दे्शिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्