स्वीट्जरल्याण्ड सरकारले नेपाललाई २ अर्ब १० करोड अनुदान सहयोग गर्ने
काठमाडौं, कात्तिक २० । स्वीट्जरल्याण्ड सरकारले नेपाललाई २ अर्ब १० करोड (१९.४ मिलियन स्वीस फ्र्याङ्क) सहयोग गर्ने भएको छ।
बुधबार काठमाडौंमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थ सचिव राजन खनालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
स्वीट्जरल्याण्ड सरकारले ट्रेल ब्रिज बनाउन ९.४ मिलियन स्वीस फ्र्याङ्क र प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि १० मिलियन स्वीस फ्र्याङ्क सहयोग गरेको हो ।
स्वीस सरकारले अहिलेसम्म ८ हजार ट्रेल ब्रिज बनाइसकेको राजदूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। साथै स्वीस सहयोगमा १२५ तुइनहरु पनि प्रतिस्थापित भएका छन्।
स्थानीय तहमा नेपाललाई थप २४०० ब्रिज आवश्यक छ। आर्थिक वर्ष २०७५र७६ मा मात्रै ५२५ ट्रेल ब्रिज बनाउन स्वीस सरकारले सहयोग गरेको छ। त्यसमध्ये प्रदेश ४ मा १०५ ब्रिज बनेका हुन्।
प्रतिक्रिया दिनुहोस्