नेपाली भूभाग भारतले नक्सामा समेटेपछि काठमाडौंमा प्रदर्शन, लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

काठमाडौं , कात्तिक २० । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग(अलग प्रदर्शन गरेका हुन् ।


यसकै विरोधमा सत्तारुढ दलको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र्ले याली निकालेको छ र्। यालीमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, ब्याक अफ् इण्डिया, कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै विरोध जनाएका छन् ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्च्याइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्ने बताउनुभयो । साथै उहाँले नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए ।

प्रदर्शनी मार्गबाट सुरु भएर्को याली बागबजार हुँदै शान्तिवाटिकामा गएर कोणसभामा परिणत हुने कार्यक्रम रहेको छ ।
यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक पटक नेपाली पक्षले विरोध जनाउँदै आएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् । नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याको सम्बोधन गर्न माग गरेको छ ।

गएको शनिबार भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरिएको छ


दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । साथै उनीहरुले यथाशीघ्र नेपाल सरकारको धारणा माग गरिरहेका छन् ।

नेपाल सरकारले भने सीमा मिचिएको भन्ने सम्बन्धमा भारतको आधिकारिक नक्सा मगाएर अध्ययन भएको र चाँडै नै सरकारको तर्फबाट निर्णय आउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्