मन्त्रिपरिषदद्वारा आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का निलम्बित

काठमाडौं–सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट बर्खास्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमा खड्कालाई निलम्बन गरेको छ । देशका सबै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिद प्रकरणमा खड्का भ्रष्टचारमा मुछिएका थिए ।
खड्कालाई हटाउने प्रस्ताव क्याबिनेटमा लगेका आपुर्तिमन्त्री शिवकुमार मण्डलले आजको मन्त्रिपरिषद्को बैठकबाट बर्खास्त नै गरे ।
संसद्को विभिन्न समितिले भ्रष्टाचारको को आरोप लागेका खड्कालाई तत्काल पदबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।
इन्धन भण्डारणको लागि जग्गा खरिदमा प्रत्यक्ष संलग्न खड्का जिम्मेवारीमा बसिरहँदा अनुसन्धानमा समेत असर पुग्ने ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको थियो।
निगमले चितवन, झापा, भैरहवा र सर्लाहीमा चार गुणा महँगो तिरेर जग्गा खरिद गर्दा अनियमितता गरेको र जुन विद्यमान ऐनकानुन बिपरित छ । भन्ने कुरा संसदीय समितिले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्