सुदूरपश्चिम प्रदेश सरकारले वितरण गर्यो १६ वटा अत्याधुनिक एम्बुलेन्स

काठमाडौं, कात्तिक २० । सुदूरपश्चिम प्रदेश सरकारले १६ अत्याधुनिक एम्बुलेन्स वितरण गरिएको छ । झण्डै सवा ६करोडमा ठेक्का प्रकृयाबाट खरिद गरिएका ति एम्बुलेन्सहरु ९ वटै जिल्लाका १६ अस्पताल र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।


सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोगबुडा अस्पताल डडेलधुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेलधुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको छ ।

बुधवार धनगढीमा एक कार्यक्रमको आयोजना गरी स्थानिय तहका जनप्रतिनिधी मार्फत एम्बुलेन्स वितरण गरिएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अव सुदूरपश्चिम प्रदेशका दुरदराजमा बस्ने नागरिकले एम्बुलेन्सको अभावमा ज्यान गुमाउनु नपर्ने बताए ।

उनले अत्याधुनिक एम्बुलेन्सको सेवालाई प्रभाबकारी बनाउन मन्त्रालयले नियमित अनुगमन निगरानी गर्ने जानकारी दिए ।नयाँ वितरण गरिएका १६ वटा एम्बुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, स्वास्थ्य र सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा रहेका छन । एम्बुलेन्स चालकलाई पनि तालिम दिएपछि मात्रै एम्बुलेन्सको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्