नेप्से सामान्य अंकले घट्दा कारोबारमा भने सुधार

काठमाडौं, कात्तिक १९ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिँदा कारोबार रकम भने बढेको छ।

मंगलबार परिसूचक शून्य दशमलव ८१ अंकले घटेर १ हजार १ सय ४९ दशमलव ४५ अंकमा कायम भएको छ।

१ सय ६२ वटा कम्पनीको १० लाख ५८ हजार ९ सय कित्ता सेयर ३ हजार ९ सय ७३ पटक खरिदबिक्री हुँदा २८ करोड ४४ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबारको कारोबार यो साताको आईतबार र सोमबारको तुलनामा बढी हो।

बैंकिङ समुह, उत्पादन समुह, लघुवित्त समुह र म्युचुअल फण्ड समुहको उपसुचक क्रमशः शुन्य दशमलव ४, १६ दशमलव ५२, १ र शुन्य दशमलव १७ अंकले घटेको छ भने बाँकी सबै समुहको उपसुचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको उपसुचक २८ दशमलव ३३ अंकले घटेको छ भने व्यापार समुहको उपसुचक बराबर देखिएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी प्रभु बैंक प्रमोटर शेयर ३ करोड ९४ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई समुन्नत योजना(१ का लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्