साहित्यकार काफ्ले र साहिँलोलाई मनोहरा समाजले सम्मान गर्ने
काठमाडौं , कात्तिक १९ । मनोहरा साहित्य समाजले समाज स्थापनाको चौथो वर्षको अवसर पारेर साहित्यकारहरू माधव काफ्ले र खोलाघरे साहिँलोलाई सम्मान गर्ने घोषणा गरेको छ ।
हालै बसेको समाजको बैठकले सो निर्णय गरेको समाजका संयोजक डिल्लीराज अर्यालले बताएका छन् ।
समाजले उक्त सम्मान आउँदो मंसिर १४ गते शनिबारका दिन चौथो वार्षिकोत्सव मनाउँदै प्रदान गरिने जानकारी दिएको छ ।
मनोहरा साहित्य समाजका सदस्य शीतल गिरी मोफसलमा बसेर पनि साहित्यको सेवामा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई सम्मान प्रदान गर्न लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्