२० मिनेटको बयानमा के भने आलमले ? आजको बयान सकियो, भोलि फेरि हुने
काठमाडौं, कात्तिक १९ । सांसद मोहम्मद अफताव आलमसँगको बयान मंगलबारका लागि सकिएको छ । उनको बाँकी बयान भोलि हुनेछ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भइरहेको छ ।
मंगलबारको बयान सकिएपछि आलमलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ ।
मंगलबार आलम पक्षका कानुन व्यवसायीले मिसिलको नक्कल उपलब्ध नगराएकामा विरोध जनाएपछि केहीबेरका लागि बयान स्थगित भएको थियो ।
उनका कानुन व्यवसायीले मिसिल पाएपछि पुन २० मिनेटजति बयान भएपछि मंगलबारका लागि स्थगित भएको जिल्ला अदालतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्