चक्रपथ विस्तारका लागि धमाधम काम हुँदै , २ हजार ९३ रुख काट्नुपर्ने

काठमाडौंं , कात्तिक १९ । दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाको काम यति बेला धमाधम अगाडी बढी रहेको छ ।

यसका लागि काठमाडौंमा २ हजार ९३ रुख काट्नुपर्ने नेपाल वन निगमका इन्जिनियर विमल श्रेष्ठले बताए ।

सडक विभागले अहिले कलंकीदेखि महाराजगञ्जसम्मको सडकमा रहेको रुख काट्न शुरू गरेको छ । कलंकीदेखि रुख काटेर अहिले स्वयम्भु पुगेको विभिागले जनाएको छ ।

चीन सरकारको सहयोगमा यो सडक विस्तार हुन लागेको हो । केही समय अघि मात्रै चिनियाँ सहयोगमा कलंकी कोटेश्वर सडकखण्ड निर्माण सम्पन्न भएको छ ।

कलंकीदेखि महाराजगञ्जसम्मको लम्बाई ८.२ किमि रहेको छ । सडकको मध्यभागबाट ३१र३१ मिटरमा पर्ने रुखहरू काट्ने काम अहिले धमाधम चलिरहेको छ ।

पहिलोचरणमा कलंकी कोटेश्वर सडकखण्ड विस्तार भइसकेपश्चात चिनियाँ सहयोगमा नै दोस्रो चरणको काम शुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्