सनराइज बैंकले तीन अर्बको ऋणपत्र निस्कासन गर्ने
काठमाडौँ, १९ कात्तिक । सनराइज बैंक लिमिटेडले यही कात्तिक २० गते रू तीन अर्बको ऋणपत्र निस्कासन गर्ने भएको छ । रू.एक अर्ब बीस करोडको ऋणपत्र सर्वसाधरणका लागि र रू एक अर्ब असी करोडको ऋणपत्र संस्थागत बिक्री गरिने छ ।
सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको ऋणपत्र नेपाल स्टक एक्सचन्ज लिमिटेडमा सुचिकरण हुनुकासाथै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट धितो राखी कर्जा समेत लिन सकिने छ । रू एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्न सकिने छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज पौडेलले बैंकले पूजी वृद्धि गर्न ऋणपत्र निस्कासन गर्न लागेको जानकारी दिँदै बैंकले आर्जन गरेको नाफामध्ये १२ प्रतिशत कृषि क्षेत्रको विकासमा लगानी गरेको बताउनुभयो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने लक्ष्य राखेको बैंकको १२२ शाखा छ भने आठ अर्ब १५ करोड चुक्ता पूँजी छ । ऋणपत्र निस्कासन भएपछि यही कात्तिक २४ गतेसम्म बिक्री गरिने छ, सबै बिक्री हुन नसकेमा आगामी मंसिर १९ गते सम्म् खुल्ला गरिने छ । सर्वसाधरणले न्यूनतम २५ कित्ता र अधिक्तम सिमा तीन लाख कित्ताका लागि आवेदन गर्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्