सातै प्रदेशका नव नियुक्त प्रमुखद्वारा सपथ, आजै जिम्मेवारी सम्हाल्ने

काठमाडौं , कात्तिक १९ । नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले मंगलबार पद तथा गोपनियताको शपथ लिएका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान राष्ट्रपति कार्यालय शितल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ दिलाएकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ भण्डारीले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३, म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचनलाई गण्डकी, सिरहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना लगायतका मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नेकपाको सक्रिय राजनीति गरिरहेका उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले शपथ गराएपछि उनीहरूले आजैदेखि प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ती कांग्रेस सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार साँझ राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी थिइन् । यसैबीच नव नियुक्त प्रमुखहरुको विषयलाई लिएर कतिपयदलका नेता तथा अन्य कार्यकर्ता रुष्ट समेत भएका छन् ।

द्को सिफारिसमा आइतबार साँझ राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी थिइन् । यसैबीच नव नियुक्त प्रमुखहरुको विषयलाई लिएर कतिपयदलका नेता तथा अन्य कार्यकर्ता रुष्ट समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्