सातै प्रदेशमा प्रदेशप्रमुख नियुक्त,सपथग्रहण आज, को–कहाँ ?

काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातओटै प्रदेशमा सोमबार प्रदेशप्रमुख नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेशप्रमुखहरु नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रदेशप्रमुखहरुमा प्रदेश नम्बर–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर–२ मा तिलक परियार, प्रदेश नम्बर–३ मा विष्णुप्रसाद प्रसाइँ, गन्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशप्रमुखमा सर्मीलाकुमारी पन्त रहेका छन् ।

नवनियुक्त प्रदेशप्रमुखहरुको शपथग्रहण मंगलबार हुनसक्ने बुझिएको छ ।

यसअघिका प्रदेशप्रमुखहरुलाई आइतबार पदमुक्त गरिएपछि नयाँ प्रदेशप्रमुखहरु नियुक्त गरिएको हो ।

नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण आज मंगलबार हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्