सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

काठमाडौं, कात्तिक १८ । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ ।

यसका लागि चालू आर्थिक वर्ष्भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ ।

सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्